धान दिवस मनाउने तयारी
News Desk
Jun-14 , 2021 तारिख 06:25 बिहान

काठमाडौँ — जेष्ठ ३१, २०७८। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ ।

कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले सो दिवस मनाउने तयारीका लागि आइतवार मातहतका निकायसँग छलफल गरेको छ । विभागका महानिर्देशक डा गोविन्द शर्माले कोभिड–१९ का कारण जारी निषेधज्ञाले गर्दा १८औँ धान दिवस धुमधामसाथ मनाउन नपाए पनि भौतिक दूरी कायम गरी सरकारले तोकेको मापदण्ड अनुसार कार्यक्रम गर्ने तयारी थालिएको बताए ।

खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद्को परिसरमा धान रोपेर र समान्य अन्तक्र्रिया गरी दिवस मनाउने तयारी भइरहेको उनले बताए । उनले एक हप्ताका लागि निषेधाज्ञा थपिएको र त्यतिबेलासम्म अझ केही खुकुलो भए र महामारी कम भए कार्यक्रममा केही फेरबदल हुनसक्ने पनि बताए ।  आजको गोरखापत्र दैनिकमा यो खबर प्रकाशित छ।