गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
News Desk
Jun-14 , 2021 तारिख 06:26 बेलुका

पोखरा-गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा काेभिड १९ लाई प्राथमिकता दिएकाे छ । सोमबार प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा काेभिडका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने, प्रदेशका सबै नागरिकलाई काेराेना विरूद्वकाे खाेप लगाउने, काेराेना संक्रमितकाे उपचार प्रभावकारी बनाउने, काेभिडका कारणा बाबुआमा गुमाएका बालबालिका र काेभिडबाट आफन्त गुमाएका परिवारलाई नगद राहतकाे व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरि नीति तथा कार्यक्रममा सरूवा राेग अस्पताल प्रभावकारी बनाउने र ५० शय्याका सबै अस्पतालमा आँखा उपचारकाे व्यवस्था गरिने, महिलाकाे स्तन, पाठेघर र आङ खस्ने समस्याको पहिचान गरि नि:शुल्क उपचारकाे व्यवस्था गरिने जनाईएको छ । साथै काेभिडका कारण पर्यटन र कृषिमा परेकाे समस्या सम्बाेधन हुने बिषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।