विगत ४५ दिन देखि 'दिनको एक माना, भ‍ोको पेटलाई खाना' अभियान संचालित
News Desk
Jun-15 , 2021 तारिख 06:18 बिहान

काठमाडौँ — असार १, २०७८ ।

कोरोनाको दोस्रो लहरमा 'दिनको एक माना, भ‍ोको पेटलाई खाना' अभियानका टोली - पीडीत परिवारहरूको घर घर पुगेर सहयोग गरेक छन। 

लायन्स कल्ब कृयटीव युथ, बाबा एज्युकेशन कन्सल्टेन्सी, नेपाल फुड, लायन्स क्लब अफ काठमाडौं, लायन्स क्लब अफ काठमाडौं युथ सिनर्जी, लायन्स क्लब अफ काठमाडौं कृयटि्व एन्टरप्रेनरस र लायन्स क्लब अफ काठमाडौं भेली सेन्नटियलले बिगत ४५ दिन देखि काठमाडौंका बिभिन्न स्थानहरूमा कोरोना संक्रमनपश्चातको लकडाउनले गर्दा पिडित परिवारहरूलाई सेवा पुऱ्याउदै आइरहेको छ। 

रोगलाई मार्न नसकेपनी भोकलाई हामीले मार्न अबस्य सक्छौ भन्ने उद्धेश्यले 'दिनको एक माना, भ‍ोको पेटलाई खाना' अभियानका टोली लकडाउनको कारणले पीडित परेको पीडीतहरूको मुहारमा मुस्कान ल्याउनसंगै उनीहरूको घर मा चुल्हो बाल्ने उदेश्यले निरन्तर यो ट‍ोलीले सेवा पुर्‍याउदै आएको  छ। 

यस अभियानमा खटिरहेको टोली भन्छन् - 'हामी अझै ३०० देखी ५०० परीवारको चुल्हो बाल्ने प्रयासमा छौ। 'दिनको एक माना, भ‍ोको पेटलाई खाना' अभियानबाट हालसम्म २०० भन्दा बढी पीडित परिवारलाई राहत प्रदान गरेका छौं। '

धेरै पढिएको