पूर्वपश्चिम राजमार्ग अवरुद्ध
News Desk
Jun-15 , 2021 तारिख 10:29 बिहान

काठमाडौँ — असार १, २०७८ ।
 
रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बुटवल धागो कारखाना र तिलोत्तमाको गणेशनगर फायरलाइन चोकको बीचमा पर्ने चरंगे खोलामा बनाइएको डाइभर्सन अविरल वर्षापछि आएको बाढीले भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।

सडक अबरुद्ध भएसंगै सवारी साधन सडकको दुबैतर्फ रोकिएका छन् ।

बर्षा जारी रहेकाले अवरुद्ध राजमार्ग खोल्न समस्या भएको बताइएको छ ।