बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ
News Desk
Jun-15 , 2021 तारिख 10:36 बिहान

धनगढी — असार १, २०७८ ।

कञ्चनपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुरुङले बालिकालाई ललाइफकाइ पटक–पटक जबर्जस्ती करणी गर्ने गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन ।