बाढी-पहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र राहतका लागि सरकारसँग देउवाको आग्रह
News Desk
Jun-16 , 2021 तारिख 07:27 बिहान

काठमाडौं — असार २, २०७८।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र राहतको काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक र गण्डकी प्रदेशका जिल्लाहरुमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै देउवाले प्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेका हुन् ।

‘सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको निकै क्षति गरेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ बुधार देउवाले जारी गरेको विज्ञप्तिमा छ, ‘युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।’

देउवाले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको पनि बताएका छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको