टानबाट फुड बैक अन्तर्गत राहत वितरण शुभारम्भ
News Desk
Jun-16 , 2021 तारिख 01:56 बेलुका

काठमाडौं — असार २, २०७८।

टानले स्थापना गरेको फुड बैकबाट राहत बितरण गर्न शुरु गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र टानका बरिस्ठ उपाध्यक्ष चोलेन्द्र बहादुर कार्कीले पर्यटन श्रमिक फुर्वा शेर्पालाई १ बोरा चामल, २ किलो दाल, १ किलो चिनी, १ लिटर खानेतेल,१/२ सोयाबिन र २ वटा हातधुने साबुन हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरे । 

कार्यक्रममा प्रमुख अथिती चन्द्र रिजालले  टानले यस विषम परिस्थितिमा विभिन्न कार्यकम गरि आफ्नो ब्यवसायीहरुलाई समेटदै श्रमिकहरुको हकहितको लागि जोडिएर सह्रानिय काम गरेको बताए । साथै  उनले नेपाल पर्यटन बोर्डबाट श्रमिक राहत कोषमा रु पाँच  लाख सहयोग गरेको पनि जानकारी दिए ।  

सो अवसरमा टानका प्रथम उपाध्यक्ष तथा फुड बैक का उपसमिति संयोजक चोलेन्द्र बहादुर कार्किले स्वागत मन्तब्य राख्दै कोराना-१९ को माहामारिमा परेको अति प्रभावित टानका सदस्य  कम्पनिहरुका श्रमिकहरुको लागि अलिकती भएपनी राहत पुगोस भनी यो कार्यक्रम गरेको बताए।

कार्यक्रममा पासाङ्ग पिनासा शेर्पाले शेर्पा सपोर्टले टानको पुर्व सचिब तथा एक पर्यटन ब्यवसायी पनि भएकोले यसरी टानसँग हातेमालो गरि सहयोग गर्न पाएकोमा  हर्ष प्रकट गरे ।  

यस कार्यक्रम मार्फत पहिलो चरणमा ५०० जना अति प्रभावित श्रमिकहरुलाइ राहत बितरण गरिनेमा पहिलो चरणको पहिलो दिन नेपाल सरकारको निषेधाज्ञा आज्ञाको पालन गरि सामाजिक दुरि तथा स्वास्थ्य सम्बन्धी  सम्पुर्ण मापदण्ड पुरा गरि  १०० जना श्रमिकहरुलाइ राहत बितरण गरियो। राहत वितरण  कार्यक्रम अषाढ  ०३, ०५, र  ०७ गते लागि पनि राखिएको सो अवसरमा जानकारी दिईयो ।  

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नवीन त्रितालले सम्पुर्ण पर्यटन ब्यवसायी तथा टानलाई माया गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि साथ र सहयोग हुनेमा बिश्वास व्यक्त गरे । साथै उनले यो बिषम परिस्थितिमा सम्पुर्ण ब्यवसायी र श्रमिकहरुलाई धैर्यतापुर्वक संयमता अपनाउन पनि अनुरोध गर्नु गरे । 

टानका महासचिब सरिता लामाले संचालन गरेको उक्त कार्यक्रममा  टान कार्यसमितीका सचिब दामोदर ढकाल, कोषाध्यक्ष श्रितु गाम्दान, कार्य समिती सदस्यहरु शिम्बिर घले, कान्छा शेर्पा, सनम शेर्पा,  मिङ्मार शेर्पा, प्रेम बहादुर लामा र श्री ठाकुर प्रसाद सापकोटाको  उपस्थिती रहेको थियो । 

टान आयोजक भएको यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड,सेभेन समिट ट्रेक्स  प्रा.लि, शेर्पा सपोर्ट फाउन्डेसन, एसिएन हेरिटेज ट्रेक्स एन्ड इस्पिडिसन प्रा.लि र होलि हिमालय प्रा. लि.को मुख्य प्रयोजन तथा सम्पुर्ण दाता मार्फत सकलन भएकै रकम नै यो कोष को मुख्य स्रोत रहेको टानले जनाएको छ ।