News Desk
पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ प्रस्थान गरेका छन् । औषधी, खाद्य सामग्री र टेन्ट लिएर मन्त्री राजीव गुरुङसहितको टोली मनाङ प्रस्थान गरेको हो । साथमा मनाङका सांसद चिन्तबहादुर घले र सञ्चारकर्मी पनि टोलिमा सहभागी छन् । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर व्यवस्थापन गरिएको हो । प्रदेशवासीलाई सुरक्षित तबरले व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।