Devil Singh Rajput
मनाङ-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्री राजीव गुरुङसहित मनाङका सांसद चिन्तबहादुर घले टोली राहत सामग्री लिएर हेलिकोप्टरमा मनाङ सदरमुकाम चामे पुगेका छन् । गृह मन्त्रालयको समन्वयमा प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टर प्रबन्ध गरेर सो क्षेत्रमा राहत लगेको हो । मनाङको मौसममा एक्कासी बदली भएकाले हेलिकोप्टर उद्धारमा पनि खटिन नपाएको जनाइएको छ ।
नेपाली सेनाको हेलिकोप्टर उद्धारमा खटिने र प्रभु एअरको हेलिकोप्टरमा मुख्यमन्त्री सहितको टोलि फर्कने कार्यक्रम रहेको छ । प्रभु एअरको हेलिकोप्टर पनि हाल मनाङका बगरछापमा ल्यान्डिङ भएको छ भने मुख्यमन्त्री सहितको टोली चामेमै सुरक्षित अवस्थामा छ ।

