News Desk
काठमाडौं- बाढि पहिरो पीडितलाई राहत लिएर आज दिउँसो मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली आज मनाङ सदरमुकाम चामेमै रोकिएको छ । खराब मौसमका कारण उनीहरु सवार हेलिकोप्टर पुर्ववत तालिका अनुसार पोखरा फिर्ता हुन नसक्दा उनीहरु मनाङ सदरमुकाम चामेमा नै रोकिएका हुन । मौसम सफा हुने बित्तिकै मुख्य मन्त्री नेतृत्वको टोली भोलि फर्कने स्रोतले जनाएको छ ।
उद्धार र राहतका लागि सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री पोखरेलले जनाएका छन्। ‘मौसम खराब छ । उद्धारमा समस्या भइरहेको छ । उद्धार मात्र हैन, राहत र बसोबासको ब्यवस्था प्रदेश सरकारले मिलाउँछ । हामी यहाँबाट फर्केर तत्काल ब्यवस्थापनका लागि बजेटको प्रबन्ध गर्नेछौं’ मुख्य मन्त्री पोखरेलले जानकारी दिदै भने ।
उनले विश्वासको मतको सवालमा कुरा गर्दै मौसम सफा भएमा बिहानै पोखरा जाने र सदनको कारवाही अगाडि बढने उल्लेख गरे ।
अवस्था अनुकुल भएन र समयमै मुख्यमन्त्री, मन्त्री र सांसदहरु पुग्न नसके संसद सचिवालयले अर्को दिनको कार्यसूची बनाउँने उनले कुरा राखे ।