डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान
News Desk
Jun-18 , 2021 तारिख 01:44 बेलुका

काठमाडौँ — असार ४, २०७८।

आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ स्वास्थ्य सामग्री सहयोग गरेका छन ।

आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई उक्त सहयोग हस्तान्तरण गरे ।

दुबै देशले अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर, थर्मोमिटरलगायतका सामानहरु सहयोग गरेका हुन् ।

स्वास्थ्य सामग्रि बुझ्दै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले मित्र राष्ट्रहरूको सहयोगले कोभिडविरूद्ध लड्नका लागि सहज हुने बताए ।

गम्भीर अवस्थाका संक्रमितलाई आइसीयू र भेन्टिलेटर चाहिने भएकाले यस्ता सामग्रीको ठूलो योगदान हुने उनको भनाई छ ।