'जिल्लाबासीलाई निराश बनाउँदिन, देशको हितमा काम गर्छु’ : उद्योग मन्त्री यादव
News Desk
Jun-18 , 2021 तारिख 08:51 बेलुका

 

 

सिरहा-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत गरिएको छ ।

मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रवार पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री यादवलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । मन्त्री यादवलाई स्वागत तथा सम्मान गर्न हजारौंको संख्यामा नेता कार्यकर्ता बन्दिपुरस्थित रामदुलारी मावी मैदानमा पुगेका थिए ।

सो अवसरमा मन्त्री यादवले उनको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाबासीहरुलाई आफुले निराश बन्न नदिने गरि काम गर्ने बताउनुका साथै देशको हितमा हुने गरि काम गर्न प्रतिबद्ध रहेको उनी उल्लेख गरे ।                                                                 

जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता समेत रहेका मन्त्री यादवले पार्टिलाई एक ढिक्का बनाइ अघि बढाउन  कार्यकर्ता पंक्तीको महत्वपूर्ण हात रहने समेत बताए ।

Related Post