मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग संकलनमा रोक, २ वर्ष कैद वा १ लाख रुपैयाँसम्म जरिवाना
News Desk
Jun-19 , 2021 तारिख 01:42 बिहान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग संकलनमा रोक लगाएको छ ।

 

शुक्रबार विज्ञप्ति जारी गरी प्रशासन कार्यालयले मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग संकलन गरेको पाइए २ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ। विपदको अवस्थामा कालोबजारी गर्नेलाई पनि सोही बमोजिम कारवाही हुने जनाइएको छ ।

 

विज्ञप्तिमा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने भनिएको छ ।

 

यस्तै २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न÷नगराउन सचेत गराएको छ ।

धेरै पढिएको