नेता भट्टराईको पहलमा बन्दिपुर गाउँपालिकामा ४५५ परिवारलाई राहत वितरण
News Desk
Jun-19 , 2021 तारिख 11:01 बिहान

 तनहुँ- नेपाली कांग्रेसका युवा नेता शुरेस भट्टराईको पहलमा बन्दीपुर गाउँपालिकाका ४५५ घर परिवारलाई राहत वितरण गरिएको छ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं १, २, ३, ४, ५ र ६ स्थित विभिन्न स्थानमा राहत वितरण गरिएको हो । नेपाली कांग्रेसका युवा नेता सुरेश भट्टराईको पहलमा बन्दिपुर १ नं वडाको बानियाटार, कौसिनीछाप  नाहाला बेलभन्ज्याङका १०५, बन्दीपुर २ नम्बर वडाको सिमलटार, खहरे, बरटार, कुकुर्दी, ग्वादी, आर्थुम्का मोहरिया दलित बस्ति, मुचुक पौवा , मादी भञ्ज्याङ्, हल्थुम्काका १३३, बन्दीपुर ३ नम्बरका सुखौरा, ठाडोखोलाका ४२, बन्दिपुर ४ को तामाङ डाडा , भुमर्शे लुङेलीमा  १००, बन्दिपुर ५ को याम्पा, कल्चोक गाउँका ६० र ६ नम्बर वडाका १५ अति विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरिएका हो ।

करिब ४५५ घरधुरीका प्रत्येक परिवारलाई एक बोरा चामल, एक पोका तेल र एक पोका नुन समेत गरि करिब छ लाख पचास हजार बराबर रुपैयाँको राहत बितरण गरिएको युवा नेता भट्टराईले बताए । ‘दैनिक छाक टार्न मुस्किल भएका बन्दीपुर क्षेत्रका ती अति विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गरेका हौ’ नेता भट्टराईले भने । लामो समयको लकडाउनले कयौं बन्दिपुरबासीमा समस्या चुलिएको भन्ने खबर सुनेपछि सहयोग जुटाएर वितरण गरेका हौं,’ उनले भने,‘ राजनीति आँफैमा सामाजिक कार्य भएकाले सामाजिक अभियन्ताको हैसियतले पार्टि सम्बद्ध साथी भाईहरु एकजुट भई नागरिक कल्याण योजना सहयोगको अभियान थालेका हौं ।’

उक्त राहत बितरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारी, कांग्रेस तनहुँका जिल्ला सदस्य बिपिन गुरुङ, कांग्रेस क्षेत्र न १ का क्षेत्रीय प्रवक्ता राजु बानिया, कांग्रेस युवा नेता अनिल भट्टराई, नारायण खड्का , ध्रुब केसी, नेपाली कांग्रेस-बन्दिपुर कमिटी सचिव बैँस गुरुङ , बन्दिपुर तरुण दल अध्यक्ष शिशिर मगर, तरुण नेता मङल गुरुङ, कर्ण बहादुर गुरुङ, महाधिवेशन प्रतीनिधि राजु बिक्रम भण्डारी, दलित नेता तिर्थ नेपाली, वडा नं २ का सभापति गोकर्ण बानिया र बन्दिपुर पर्यटन बिकास समितिका अध्यक्ष किसान प्रधान लगायतको सहभागिता रहेको थियो ।

Related Post