उद्यमशील महिला समूहद्वारा जनजाति कल्याण आश्रमलाई राहत वितरण  
News Desk
Jun-20 , 2021 तारिख 04:52 बिहान

काठमाडौं-उद्यमशील महिला समूहले काठमाडौको मूलपानी बाबाचोकमा रहेको  जनजाति कल्याण आश्रम नेपाललाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । आश्रममा बसेर ४० जना बालबालिका पढ्दै आएका छन् ।समूहका प्रमुख संरक्षक राजु सुनारका अनुसार शनिवार त्यस ठाउँमा पुगेर चामल, दाल, चिउरा, तेल, नुनलगायतका राहतका साथै स्वास्थ्य सामग्री वितरण गरेको हो । गोकर्णेश्वर नगरपालिका ४ मा कार्यालय रहेको समूहले ४ वर्षदेखि सामाजिक काममा सक्रियता देखाउँदै आएको छ । समूहकी अध्यक्ष प्रमिला शेर्पा (प्रमी) को सभापतित्वमा भएको राहत वितरण कार्यक्रममा विश्व हिन्दु महासंघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष, गोकर्णेश्वर महिला महासंघको अध्यक्ष अतिथी र गोकर्णेश्वर नगरपालिकाकी धार्मिक तथा आध्यात्मिक सद्भावना दूतसमेत रहेकी शिक्षासेवी रेखा अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

समूहले यो अभियानमा सहयोग गर्नेहरुप्रति हार्दिक आभार व्यक्त गरेको छ । कार्यक्रमको सञ्चालन गर्दै संरक्षक सुनारले समूहले महिलाको हकहितमा मात्र नभएर समाजका प्रत्येक विषयवस्तुमा चासो राखेर समस्याको समाधान गर्न पहल गर्दै आएको जनाएका छन् ।

 

धेरै पढिएको