नपत्याएको खोलाले तहसनहस मनाङः वर्षाको रेकर्ड अहिलेसम्मकै उच्च
News Desk
Jun-20 , 2021 तारिख 07:05 बिहान

काठमाडौं — असार ६, २०७८।

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्। सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन। किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन।

तर उखानले भनेझै यसपटक नपत्याउने खोलाले सिंगो बस्ती नै बगायो। संयोगवश बाढीले मानवीय क्षति नगरे पनि ठूलो आकारमा भौतिक नोक्सानी पुर्‍याएको छ। बाढीले तटीय क्षेत्रका धेरै बासिन्दाको उठीबास लगाइदिएको छ। भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन। बाढीको कहर अझै कम भइसकेको छैन।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्, ‘हिमाली जिल्लामा यस्तो भीषण बाढी आउला भन्ने हामीलाई पत्यारै थिएन। तर नसोचेको अवस्था आयो। बाढीले सिंगो जिल्लालाई नै थिलथिलो पारेको छ।’ उनका अनुसार मर्स्याङ्दी सहजै तर्न सकिने खोला हो। कतिपय ठाउँमा झोलुंगे त कतैकतै काठे पुलबाट वारपार गर्ने चलन थियो। तर अहिले भने बाढीले सबैतिर ध्वस्त बनाएको उनले बताए। ‘हामीले आजसम्म यो अवस्था भोग्नुपरेको थिएन, अग्रजले पनि यस्तो संकट बेहोर्नुपरेको थिएन,’ घलेले भने, ‘योपटक भने नपत्याएको खोलाले बगाएको छ। चामेमा मात्र ५ सयजना मान्छे घरविहीन भइसकेका छन्। खोला किनारका बस्तीबारे सोच्ने बेला भएको छ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा कम पानी पर्ने जिल्ला मनाङ हो। तर योपटक मनाङले भारी वर्षासँगै निम्तिएको संकट र क्षतिको सामना गर्नुपरेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी शाखाका अनुसार यो वर्ष ९२०२१० को मनसुनी वर्षाले अघिल्ला वर्षसम्मका सबै रेकर्डलाई उछिनेको छ।

शाखाको मनाङ हुम्देस्थित स्टेसनको रेकर्ड अनुसार जुन १६ ९२०७८ असार २० मा मनाङमा अहिलेसम्मकै बढी वर्षा भयो। त्यस दिन हुम्देमा ८२।२ मिलिमिटर वर्षा भयो। अघिल्लो दिन असार १ गते हुम्देमा ५४।६ मिलिमिटर वर्षा भएको थियो। गत जेठ १५ मा ६०।६ मिलिमिटर वर्षा भएको थियो। तर यो वर्षको मनसुन सुरु भएपछिको दुईदिनमै मनसुनी प्रणाली देशभर फैलिँदा मनाङले अघिल्ला वर्षका सबै रेकर्ड तोड्दै नयाँ कायम गरेको विभागका पोखरास्थित प्रमुख राजाराम ढकालले बताए। आजको नागरिक दैनिकमा खबर छ। 

धेरै पढिएको