News Desk
काठमाडौँ — असार ६, २०७८।
बरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल नेपालका लागि यूक्रेनको बाणिज्य दुतमा नियुक्त भएका छन् । उनलाई युक्रेनको सार्वभौम शाही सदनले बाणिज्य दुतमा नियुक्त गरेको हो ।
पौडेलको यस नियुक्तीसँगै हाल कोभिड १९ ले सिथिल बनाएको नेपालको पर्यटन क्षेत्रलाई निकट भविस्य मै माथि उकास्न सघाउ मिल्ने विश्वास पर्यटन व्यवसायीले लिएका छन् । अनुभवी एवम् कर्मठ पर्यटन व्यवसायी पौडेलको यस नियुक्तीले पर्यटन क्षेत्रमा केही आशाको संचार जगाएको पर्यटन व्यवसायी रमेश पौडेल बताउँछन् ।
नवनियुक्त बाणिज्य दुत पौडेलले आफ्नो यस नियुक्तिले उत्साहित तुल्याएको बताउदै यूक्रेन र रसिया लगायतका विभिन्न युरोपियन मुलुकबाट नेपालमा उल्लेखनीय पर्यटन वृद्धिका लागि आफुले भूमिका खेल्ने प्रतिकृया दिदै भने ‘अहिले हामीले जुन रुपमा कस्ट व्यहोरेका छौ यसबाट समग्र पर्यटन क्षेत्रको उत्थान हुने किसिमले यूक्रेन र रसिया लगायतका विभिन्न युरोपियन मुलुक र त्यहाँका नागरिकसँग सहकार्य अघि बढाएर हाल मुर्झाएको नेपालको पर्यटन व्यवसाय क्षेत्रलाई माथि उठाउन सकिने देखेको छु र देशको लागि केही गर्न म सदैव प्रयत्नशिल रहनेछु’ ।
को हुन पौडेल ?
तेजेन्द्र शर्मा पौडेल नेपालका प्रतिस्ठित पर्यटन व्यवसायी हुन । उनी विगत ३० बर्ष देखी यस क्षेत्रमा कृयाशिल छन् । उनको जन्म वि स २०३० सालमा साबिकको पर्वत स्थित आरुचौरमा भएको हो ( हाल आरुचौर स्याङजामा समेटिएको छ ) । उनका पिताको नाम हेम शर्मा पौडेल र आमाको नाम हेम कुमारी पौडेल हो । पौडेलले त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र कलेजबाट मानविकी संकायमा स्नातक गरेका छन् ।
गाउँले पर्यटन -नेपाल अर्थात भिटोनका राष्ट्रिय अध्यक्ष रहेका पौडेल एक्रस वर्ल्ड ट्राभल प्रालिका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत, एसिया नेपाल होलिडे प्रालिका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत र नेपाल भिलेज स्टे कम्पनीका अध्यक्ष हुन । उनले नेदरल्याण्ड स्थित कुरोदैया इन्टरनेशनल फेडेरेशनको दुतका रुपमा पनि काम गर्दै आएका छन् । पौडेललाई नेपाल सरकार मन्त्री परिषदले नेपाल भ्रमण बर्ष २०२० को आयोजक कमिटि सदस्यमा नियुक्त गरेको थियो ।
प्रस्ट विचार भएका पौडेल स्पस्ट वक्ता समेत मानिन्छन् । हक्की स्वभाव र निडरपना उनका सबल पक्ष हुन । पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाका निकट पारिवारिक सदस्य उनी नेपालको शाही खानदान र राणा परिवारसँग पनि उत्तिकै नजिक छन् । यद्यपी उनी कही कतै जोडिएर भन्दा पनि आफुलाई स्वतन्त्र विचारक र राष्ट्रवादी व्यक्तीको रुपमा परिचित गराउन चाहन्छन् । उनी आफना पितालाई आदर्श मान्छन् । सैनिक अस्पतालमा कार्यरत पिताको मेहनत प्रति आफु नतमस्तक हुने गरेको उनको भनाई छ ।