News Desk
काठमाडौँ — असार ६, २०७८।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभर १ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा गरिएको ६ हजार ६७७ पीसीआर परीक्षणमा १ हजार ४२१ जनामा कोरोना पुष्टि भएको हो।
यसैगरी, ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, २४ घण्टामा ३ हजार ४५६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७२६ पुगेको छ ।