लायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहत वितरण
News Desk
Jun-20 , 2021 तारिख 07:12 बेलुका

काठमाडौँ, ६ असार । लायन्स क्बल अफ काठमाडौँ समर्पण, विश्व हिन्दू परिषद् नेपाल र हिन्दू स्वयम्सेवक संघ नेपालले सिन्धुपाल्चोकको हेलम्बुमा राहत वितरण गरिएको छ । बिहिबार परेको अविरल वर्षापछि ठूलो जनधनको क्षति पुगेको हेलम्बुका जनताको पीडामा मल्हम लगाउन शनिबार हेलम्बु पुगेको लायन्स क्लब र हिन्दू परिषद्को टोलीले २०० परिवारका लागि खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो ।

हेलम्बुका स्थानीय समाजसेवी तासी लामा, छिरिङ लामासहित हेलम्बु पुगेको उक्त टोलीले खाद्यान्न, ग्याँस चुल्हो, थर्मोस, डिनर सेट, लामखुट्टे भगाउने धुप, औषधी, कम्बल, त्रिपाललगायतका सामाग्री गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जिङ शेर्पाको रोहवरमा वितरण गरिएको लायन्स क्बल अफ काठमाडौँ समर्पणका सदस्य एवम् समाजसेवी विवेक शर्माले जानकारी दिए ।

बाढीले पीडा दिएको हेलम्बुमा अखिल अग्रवालले १००० किलोग्राम चामल, सुशील जैनले ४८ थान ग्याँस चुल्हो, ७२ थान वर्तन सेट, ७२ थान थर्मस, सुनील कुमार अग्रवालले २५ थान प्रेसर कुकर र ८ थान फ्राई प्यान, मनिष मुन्द्राले ४२० थान लामखुट्टे भगाउने धुप, अनिल अग्रवालले रु ११ हजारको राशन, सुनिल बनवोरीले २२ थान टेन्ट, सञ्जय बोतराले रु पाँच लाख १० हजारबराबरको सामाग्री सहयोग गरेका छन् ।

यस्तै, उक्त समूहले बाढीपीडितलाई स्वास्थ्य समस्या नहोस् भन्ने उदेश्यले अस्थायी स्वास्थ्य सम्पर्क केन्द्रसमेत स्थापना गरेको समाजसेवी शर्माले बताए ।