डा. काफलेको यात्रा: जिविसको योजना प्रमुख देखी प्रदेश योजना आयोगको उपाध्यक्षसम्म
News Desk
Jun-20 , 2021 तारिख 08:52 बेलुका

 काठमाडौं , ६ असार । गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. रघुराज काफ्ले नियुक्त भएका छन् ।नव नियुक्त उपाध्यक्ष डा. काफ्लेले आइतबार मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलबाट सपथ ग्रहण समेत गरेका छन् । साथै डा. काफ्ले आइतबार देखि नै पदभार ग्रहण गरेका छन् ।

को हुन काफले ?

डा. रघुराज काफ्ले तनहुँ व्यास नगरपालिका ५ का स्थानिय बासिन्दा हुन । अर्थशास्त्रमा विद्यावारिधी गरेका काफ्लेले यस अघि खुला प्रतिस्पर्धाबाट १ नं मा नाम निकाल्दै वैदेशिक रोजगार प्रबर्धन बोर्डको कार्यकारी निर्देशक बनेका थिए । लामो समय प्राध्यापन पेशामा सकृय रहेका डा. काफ्लेले विगतमा तात्कालिक जिल्ला विकास समितीमा योजना प्रमुखका रुपमा काम गरेका थिए ।

Related Post