असार ८ गतेदेखि उपत्यकामा निजी सवारी साधन जोरबिजोर, व्यवसायका लागि बार प्रणाली
News Desk
Jun-21 , 2021 तारिख 06:42 बिहान

 असार ६, २०७८


काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबारको संयुक्त बैठकले उपत्यकामा असार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्‍चालन गर्ने निर्णय लिएको छ । निर्णय अनुसार दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा हटाईएको छ । जसमा फेन्सी, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्‍चालन गर्न दिइने भएको छ । 

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार एक चरणमा र सोमबार, बुधबार र शुक्रबार अर्को चरणमा गरी फेन्सी, सपिङ मललगायत तयारी पसललाई दिन बिराएर सञ्‍चालन गर्न दिइने छ ।

त्यस्तै सबै खालका निजी सवारी साधन जोरबिजोरबाट सञ्‍चालन हुन पाइने छ । प्रजिअ पराजुलीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर ट्याक्सी निर्वाध सञ्‍चालन गर्न दिइने बताए पनि आदेशमा जोरबिजोरअन्तर्गत नै राखिएको छ ।

शैक्षिक संस्थाबाहेक सबै किसिमका सरकारी कार्यालय न्यूनतम जनशक्ति राखेर खुला गरिने छ । प्रजिअ पराजुलीले कोरोना महामारीको जोखिम र आमजनसमुदायको जीविकोपार्जनलाई समेत ध्यानमा राखेर निषेधाज्ञा खुकुलो बनाइएको बताए ।

आदेशको पूर्णपाठ

 

Related Post