News Desk
सिन्धुपाल्चोक-नेपाली चेली फाउन्डेशनले सिन्धुपाल्चोकका बाढी पिडितहरुको लागि राहत सामाग्री वितरण गरेको छ । नेपाली चेली फाउन्डेशनका अध्यक्ष कविता के सि (खाति)को नेतृत्वमा खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो । बिहिबार परेको अविरल वर्षापछि ठूलो जनधनको क्षति पुगेको हेलम्बुका जनताको पीडामा मल्हम लगाउन शनिबार हेलम्बु पुगेको थियोे । फाउन्डेशनले चामल, दाल, तेल, नुन सोयाविन मस्यौरा लगायत सामग्री वितरण गरेको हो ।यस्तै, व्यान्डेज, बेटाटिन, डिटोल, जीवनजल, सिटामोल र व्रोफिन, स्यानिटाइजर, म्याट, तन्ना, साबुन, ग्लोब्स, माक्स, र सेनेटरी प्याड लगायत स्वास्थ्य सामग्री पनि वितरण गरेको छ ।
उक्त राहत सामग्री उषा थापा, निरु गौतम राना ,पबित्रा बिष्ट लगायत श्रीमती संगठनले उपलब्ध गराएको हो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गत असार १ गते गएको बाढीपहिरो पीडितलाई थोरै भएपनि राहत होस् भनेर नेपाली चेली फाउन्डेशन र श्रीमती संगठनको संयुत्त पहलमा राहत सामाग्री वितरण गरेको अध्यक्ष कविता के सिले बताइन् ।