दक्षिण पूर्वी एशिया सम्मेलन माझ रोटार्याक्ट क्लब अफ बिरगंज उत्कृष्ट परियोजना पुरस्कारबाट पुरस्कृत
News Desk
Jun-21 , 2021 तारिख 06:34 बिहान

२०७८ असार ६ गते काठमाडौं-रोटार्याक्ट क्लब अफ बिरगंज रोटार्याक्ट दक्षिण पूर्वी एशिया सम्मेलनमा उत्कृष्ट परियोजना पुरस्कारबाट पुरस्कृत भएको छ ।  हालै सम्पन्न भर्चुअल सम्मेलन माझ क्लबलाई उक्त सम्मान अर्पण गरिएको हो ।

रोट्याक्ट दक्षिण पूर्वी एशिया सम्मेलन एक वार्षिक सम्मेलन हो जसले शिक्षा, फेलोशिप र सांस्कृतिक आदानप्रदानको लागि सम्पूर्ण दक्षिण पूर्वी एशियाबाट रोटेरक्टरहरू लाई एकसाथ ल्याउँदछ। प्रत्येक वर्ष झै यस वर्ष पनि रोटार्याक्ट दक्षिण पूर्वी एशिया सम्मेलन भब्य रुपमा आयोजना गरिएको थियो ।

रोटार्याक्ट क्लब बिरगंजले उत्कृष्ट परियोजनाको पुरस्कार रोट्याक्ट क्लब बिरगंजका अध्यक्ष आयुष गुप्ता तथा टिमको सामुहिक नेतृत्वमा प्राप्त गरेको हो |

सार्क सदस्य जिल्लाबाट रोट्याक्ट क्लबले पुरस्कारका लागि एउटा सामुदायिक सेवा प्रोजेक्ट अन्तर्गत प्रत्येक क्लबले एक समुदाय सेवा परियोजनाको लागि मात्र नामांकन गर्न सक्छ।SEARIC दक्षिण पूर्वी एशिया बहुदेशीय सूचना केन्द्र वार्षिक पुरस्कारद्वारा मान्यता प्राप्त हो TURF – दक्षिण एशिया रोट्याक्ट आउटस्टैंडिंग अवार्ड प्रोजेक्ट हो ।  

 

बिरगंज रोट्याक्ट क्लबले परियोजना अन्तर्गत सात(७) दिने निशुल्क आँखा उपचार शिविरको आयोजना गरेको थियो ।  जहाँ आँखाको सम्पूर्ण रोगको चेकजाच तथा मोतियाबिन्दुको चेकजाचका लागि शिविर राखिएको थियो ।  उक्त निशुल्क चेकजाँचबाट पुरुष र महिला सहित २२०० बिरामीहरूले आँखाको स्वास्थ्य जाँच परीक्षण गराएका थिए ।  सो परियोजना उत्कृस्ट बनेको रोट्याक्ट क्लब बिरगंजका अध्यक्ष आयुष गुप्ताले जानकारी गराएका छन्।

प्रत्येक वर्ष, दक्षिण पूर्व  एशियाई रोट्याक्ट सूचना केन्द्र (SEARIC MDIO) दक्षिण पूर्वी एशिया बहुदेशीय सूचना केन्द्रको एक सदस्य जिल्ला घटना होस्ट गर्दछ। रोट्याक्ट दक्षिण एशिया सम्मेलन २०२०-२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ , नेपाल र भुटानद्वारा आयोजना गरिएको थियो|

बिरगंज रोट्याक्ट क्लब सन् १९९१ मा स्थापना भएको थियो ।  जसको उद्देश्य सामाजिक  सेवा र युवाहरुको दक्षता विकास रहेको छ ।

यो संस्थाको चार्टर्ड रोट्याक्ट क्लब वीरगञ्जले समुदायको सेवाका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ। आरएसी(RAC)वीरगञ्ज र आरआइडी (RID)३२९२ नेपाल र भुटानको पहिलो रोट्याक्ट क्लब हो।

धेरै पढिएको