सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल राजवंशी चेम्वर अफ कमर्सको कार्यसमिति सदस्यमा मनोनित
News Desk
Jun-22 , 2021 तारिख 04:32 बेलुका

काठमाडौं — असार ८, २०७८।

काठमाडौं-सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल रुपक राजवंशी नेपाल चेम्वर अफ कमर्सको कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।  नेपाल चेम्वर अफ कमर्सको बिधान बमोजिम राजवंशीलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्वरकोे कार्य समिति सदस्य पदमा ३ वर्षेका लागि मनोनयन गरेका हुन ।  

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष मल्लले मंगलबार  मनोनयन पत्र प्रदान गर्दै सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल राजबंशी शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तित्व भएको बताए ।  अध्यक्ष मल्लले चेम्वरको सामाजिक तथा व्यवसायीक भूमिका अभिवृद्धि गर्न राजबंशीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा राख्दै कार्य समितीमा मनोनित राजवंशींको कार्यकालको सफलताको कामना गरे । 

सो  अवसरमा राजवंशीले नेपाल चेम्वर जस्तो व्यवसायीहरुको अग्रणी संस्थाको कार्य समिती सदस्य पदमा मनोनित हुन पाएकोमा गौरवान्वित महशुस भएको बताउदै  चेम्वरको सामाजिक कार्यमा अग्रसर भइ कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालको उपस्थिति रहेको थियो ।