पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न विपक्षी ५ दलको बैठक
News Desk
Jun-23 , 2021 तारिख 01:57 बेलुका

काठमाडौं, ९ असार- पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न विपक्षी ५ दलको बैठक बसेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का,  त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, एमालेका माधवकुमार नेपाल, भीम रावल, जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ र जनमोर्चाका नेता दुर्गा पौडेल सहभागी थिए ।

बैठकमा काम चलाउ सरकारका मन्त्री परिषद विस्तार गर्ने निर्णय विरुद्ध निर्णय गर्दै सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्ने निर्णयको स्वागत गर्दै आगामी दिनको समीक्षा गरिएको एक नेताले बताए ।

बैठकमा आजदेखि सर्वोच्च अदालतमा सुरु भएको प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाई तथा हिजो सर्वोच्चले गरेको निर्णयका विषयमा छलफल हुने ती नेताको भनाइ छ ।

बैठकमा गण्डकी प्रदेश सरकार गठनका बारेमा पनि छलफल भएको छ ।

धेरै पढिएको