News Desk
ललितपुर -ललितपुर जिल्ला अदालतलाई ललितपुर बारका पुर्व कोषाध्यक्ष रुपबहादुर सारुले कोभिड स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन् । ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश किरण प्रसाद सिवाकोटीको कार्यकक्षमा पुगेर अधिवक्ता रुपबहादुर सारुको समूहले स्यानिटाईजर,माक्स, ह्याण्डवास सप लगायत स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो।
महामारीको समयमा स्वास्थ्य जटिलताको ख्याल गर्दै मानवीय स्वास्थ सचेतना जगाउन प्रयास गरेको अधिवक्ता सारुले बताए।समाजका विभिन्न क्षेत्रमा समेत स्वस्थ्य सद्भाव जुटाउदै आएको उनले बताएका छन् ।
बुधबार भएको हस्तान्तरण कार्यक्रममा अदालतका स्रेस्तेदार बिष्णु पान्डेले अदालतको बेन्च र बारको समन्ध सुमधुर हुनपर्ने धारण राख्दै बिसयम परिस्थितिमा गरेको सदभाबलाई हार्दिकतापुर्बक ग्रहण गरेको बताए।ललितपुर जिल्ला बारका सचिव कृष्ण प्रसाद सुवेदी, पुर्वकार्य समिति सदस्य अधिवक्ता बाबुकाजी महर्जन ,निवर्तमान कार्यसमिति सदस्य अधिवक्ता छोनम मोक्तान समेतको उपस्थिति रहेको थियो।