News Desk
दूध तथा दुग्ध पदार्थ ढुवानीमा जोर विजोर प्रणाली लागू नगर्न माग काठमाडौं- उपत्यका र आसपासका जिल्लामा दुग्ध ढुवानीमासमेत जोर विजोर प्रणाली लागू हुँदा दूध तथा दुग्ध पदार्थ ढुवानीमा समस्या परेको नेपाल डेरी एसोसिएशनले जनाएको छ । सरकारले निषेधाज्ञा खुकुलो गरे पनि दूध तथा दुग्ध पदार्थ ढुवानीमा खुकुलो नभएको भन्दै बुधबार विज्ञप्ति निकाली एसोसिएशनले विमती जनाएको हो । ।
“ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक जोरबोजोरको कारण देखाई सुरक्षा निकायबाट ठाँउ–ठाँउमा अवरोध भएकोले नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर पर्न गएको छ,” एशोसियसनका अध्यक्ष राधाकृण्ण सापकोटा र महासचिव प्रह्लाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
एशोसियसनका महासचिव दाहालले जोरबिजोर र कार्यालय समयको नाममा सुरक्षा निकायबाट ठाउँठाउँबाट अवरोध भएको भन्दै आपत्ति जनाईएको बताए । दाहालले समस्या दर्शाउदै भन्छन् ,“सुरक्षा निकायबाट ठाँउ ठाँउमा अवरोध भए पछि नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर पर्न गएको छ । बाल बच्चा, जेष्ठ नागरिकले नियमित सेवन गर्ने, बिरामीले सेवन गर्ने अति आवश्यक पद्धार्थको ढुवानी निर्वाध गराउनुपर्छ ।”
एशोसियसनले दूध तथा दुग्ध पदार्थ ढुवानीमा जोर विजोर प्रणाली लागू नगर्न माग गरेको छ । डेरी एसोसिएशनले विज्ञप्ति जारी गर्दै यसअघिको निषेधाज्ञामा तोकिएको समयभित्र बिनारोकतोक आवतजावत गर्न दिइरहेकोमा असार ८ गतेबाट लागू भएको जोर विजोर प्रणालीपछि समस्या बढेको उल्लेख गरेको छ ।