'दिनको एक माना, भ‍ोको पेटलाई खाना' अभियान मार्फत ९० परिवारलाई राहत वितरण
News Desk
Jun-24 , 2021 तारिख 09:51 बिहान

काठमाडौँ — असार ९, २०७८।

लायन्स क्लब कृएटीभ युथ, बाबा एजुकेशन कन्सल्टेन्सी, नेपाल फुड, लायन्स क्लब अफ काठमाडौं बाबा एजुकेशन कन्सल्टेन्सी, लायन्स क्लब अफ काठमाडौं युथ सिनर्जी, लायन्स क्लब अफ काठमाडौं कृएटिभ एन्टरप्रेनर्स र लायन्स क्लब अफ काठमाडौं भ्याली सेन्नटियलद्धारा ९० परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ।

रोग लाई मार्न नसकेपनी भोकलाई हामीले मार्न अबस्य सक्छौ भन्ने उद्धेश्यले 'दिनको एक माना, भ‍ोको पेटलाई खाना' अभियानका टोली लकडाउनको कारणले पीडित परेको पीडीतहरूको मुहारमा मुस्कान ल्याउनसॅगै उनीहरूको घरमा चुल्हो बाल्ने उदेश्यले निरन्तर सेवाभावले खटिईरहेको छ। 

अभियानकै क्रममा टोलीले पिडित परिवारका चुल्हो बाल्ने प्रयासमा सिनामंगल, पाटन र किर्तिपुर स्थित ९० परिवारलाई राहत वितरण गरेको हो। 

राहत वितरण कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए १ बाट पूर्व गर्भनर लायन अनन्त प्रसाद भेटुवाल, डिस्ट्रिक क्याबिनेट ट्रेसर लायन श्याम कुमार यादव , डिस्ट्रिक एमजेफ लायन लक्षमी राज अधिकारी , डिस्ट्रिक चिफ एरिया कोर्डिनेटर लायन रामशण बस्नेत, डिस्ट्रिक रिजन चियरपर्सन लायन गनीका गुरूङको गरिमामय उपस्थिति रहेको थियो।

धेरै पढिएको