नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावल पक्राउ
News Desk
Jun-24 , 2021 तारिख 07:46 बेलुका

काठमाडौँ -नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ। आज कीर्तिपुरस्थित कोठाबाटै रावललाई प्रहरीले नियन्त्रणमा लिएको हो।आफूलाई प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्गस्थित प्रहरी वृत्तमा लगिएको रावलले बताए।

रावलमाथि त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने योजनाकारको आरोप छ।यसअघि अदालत हाजिर भएका रावलमाथि ३६ लाख धरौटी माग गरिएको थियो।

प्रहरीले प्रहरी वृत्त कीर्तिपुरमा नराखेर आफूलाई दरबारमार्ग ल्याएको र राजनीतिक प्रतिशोध राखिएको दाबी रावलको छ।विश्वविद्यालयले नेविसंघले यसअघि गरेका २३ बुँदे सहमति कार्यान्वयन नगरेर प्रहरी लगाएर पक्राउ गरिएको रावलको भनाइ छ। चलाउनेमाथि गत असोजमा मरनासन्न हुने गरी कुटपिट भएको थियो।

Related Post