खोपको दोस्रो मात्राको अवधि बढ्यो भने जोखिम हुनसक्ने
News Desk
Jun-25 , 2021 तारिख 12:39 बिहान

काठमाडौँ -अमेरिकी राष्ट्रपतिका मेडिकल एडभाइजर डा। एन्थोनी फौचीले दुई खोप बीचको अवधि लामो भएको खण्डमा त्यसले कुनै एक कोभिड भेरियन्टको संक्रमणको जोखिम निम्त्याउन सक्ने बताएका छन्।

उनका अनुसार‘मोर्डनाको लागि ४ हप्ता तथा फाइजरका लागि ३ हप्ता खोपको ग्याप उचित हो । अन्तराल बढाउँदै लगेमा अरु भेरियन्टकोे जोखिममा पर्न सकिने उनले बताएका छन् ।

फौचीका अनुसार बेलायतमा पनि खोपको दोस्रो मात्रा दिन ढिलाइ गरेकोले सो अवधिमा संक्रमणमा पर्न सम्भावना बढेको छ । एक भारतीय सञ्चार माध्यममा प्रतिक्रिया दिँदै डा। फौचीले सबै मानिसलाई भाइरसबाट बचाउन छिटोभन्दा छिटो खोप दिनुपर्नेमा जोड दिएका छन् ।

अघिल्लो वर्ष भारतमा डेल्टा भेरियन्ट देखिएको थियो । त्यसले नै भारतमा दोस्रो लहरको कोभिड फैलिएको पुष्टि नै भइसकेको छ । नेपालमा पनि डेल्टा भेरियन्टकै कारण संक्रमण व्यापक भएको देखिएको छ । विज्ञहरुका अनुसार यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको छ । डा। फौचीका अनुसार खोप जति छिटो लगायो त्यति नै जनसंख्यालाई भविष्यमा हुने अन्य संक्रमणका लहरमा पनि बचाउँछ ।

डेल्टा भेरियन्ट धेरै राष्ट्रहरुमा अहिले देखिएको छ । जुन एक व्यक्तिबाट अर्कोमा छिटो तरिकाले सरिरहेको पाइएको छ । खोप नपाएको खण्डमा संक्रमण झन् बढ्न सक्ने बताइएको छ ।

‘डेल्टा’ भेरिएन्टको विकसित रुप ‘ए वाई १’ अर्थात् ‘डेल्टा प्लस’ नेपालमा पनि फेला परेको पुष्टि भइसकेको छ ।