News Desk
विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताएको छ । नेपालमा पनि समयमा खोप प्राप्त नहुँदा दोस्रो खोपको मात्राको अवधि लम्बिँदै गएको छ ।फागुन २३ गतेपछि कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख बढी व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा रहेका छन् ।
जेठ २३ गते स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको खोप कोभिसिल्ड नआउने भएपछि यसको पहिलो डोज लगाएका व्यक्तिलाई सरकारले दोस्रो मात्रामा एउटै प्रकृतिको एस्ट्राजेनेकाको खोप लगाउने बताएको छ । दुई साताभित्र खोप आउन सक्ने बताए पनि खोप आउने अझै छाँटकाँट भने देखिँदैन ।
भारतको स्वास्थ्य मन्त्रालयले मे १३ मा कोभिसिल्डको दोस्रो मात्रा ६ देखि ८ हप्तादेखि दिनुपर्नेमा १२ देखि १६ हप्तासम्म अवधि बढाउने निर्णय गरेको थियो । नेशनल टेक्निकल एड्भाइजरी ग्रुप अन इम्युनाइजेसनले दोस्रो खोपको लागि १६ हप्तासम्म लगाउँदा प्रभावकारिता बढ्ने सिफारिस पछि सरकारले निर्णय गरेको थियो ।
‘