News Desk
काठमाडौँ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भिलेन’ को पगरी गुथाएका छन् ।
उनले प्रतिनिधि सभा विघटन गरेको र एकपछि अर्को असंवैधानिक कदम चालेकोमा प्रधानमन्त्रीको आलोचना गर्दै उक्त पगरी गुथाउन खोजेका हुन । उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए,’ प्रचण्डले बिहिबार संघीय संसद भवन बानेश्वरमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै भने।
सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले पाँच दलीय गठबन्धन अवसरवादी नभएको पनि बताए। ‘यो गठबन्धन अवसरवादी होइन। उहाँले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद’ प्रचण्डले भने।
यस्तै प्रचण्डले पाँच दलीय गठबन्धन छलफलपछि मात्रै बनेको र दीर्घकालसम्म रहने पनि बताएका छन्।
‘यो पाँच दलीय गठबन्धनविना छलफल बनेको होइन। यो संविधानको रक्षा गर्ने र समय अनुकूल परिमार्जन लैजाँदै जाने भन्ने हो,’ उनले भने, ‘लोकतन्त्रको मौलिक विषय रक्षा गर्नुपर्छ। राष्ट्रियताको रक्षाको लागि हो। यो गठबन्धन प्रधानमन्त्री फेर्नको लागि मात्र सम्झौता होइन। यो लोकतन्त्र र संविधान रक्षाको लागि भएको हो।’
उनले नेकपा एमालेभित्रको संघर्ष अलि पेचिलो रहेको पनि बताए।‘एमालेभित्रको संघर्ष अलि पेचिलो छ। माधवजीको समस्यालाई हामीले गम्भिरताको साथ लिएका छौं। यो गठबन्धन दीगो रुपमा लैजानुपर्छ,’ उनले भने।
उनले ओली र माधव नेपाल उस्तै नभएको पनि बताए।‘ओलीले बयलगाडा भन्दै गर्दा गणतन्त्रको झण्डा बोक्ने माधव नेपाल उस्तै(उस्तै होइन। प्रश्न उठनसाथ प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री छोड्नपरे कुर्सी भाच्छु भन्ने ओली उस्तै(उस्तै होइन,’ उनले भने, ‘हामी विदेशीसँग सुमधुर सम्बन्ध राख्न चाहान्छौं।तर अनावश्यक चलखेल स्वीकार्य छैन भनेको हो।’
उनले अहिले नै नयाँ नेतृत्व फुत्त आउने नभई अहिले भइराखेका नेतालाई नै धोइपखाली गर्नुपर्ने बताए।उनले प्रधानमन्त्री ओलीको आलोचना पनि गरेका छन्। ‘म भए त बालुवाटार बस्न सक्दैनथेँ। उहाँको के कुरा गर्नेरु,’ उनले भने, ‘मन्त्रीलाई नछोड भन्ने ? लाजै नभएपछि के गर्ने ?’
उनले आफूहरू कुनै सेटिङमा नलागेको बरू सेटिङ भएका छन् भने त्यो तोड्ने पनि बताए। उनले संवैधानिक निकायहरूलाई सरकारले हस्तक्षेप गरी काम गर्न नसक्ने अवस्थामा पुर्याएको पनि आरोप लगाएका थिए।
यस्तै उनले एमसिसीको विषय ठूलो नभएको र छलफलबाटै टुंग्याइने बताएका छन्।