ईश्वरलाल प्रतिष्ठानबाट २० जना बालबालिकालाई खाद्यान्न सहयोग
News Desk
Jun-25 , 2021 तारिख 02:13 बिहान

काठमाडौं-ईश्वरलाल प्रतिष्ठानले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो । प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् ।

प्रतिष्ठानले शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।

धेरै पढिएको