News Desk
सिन्धुपाल्चोक — असार ११, २०७८।
मनसुन सुरुवातसंगै बाढीले क्षतविक्षत पारेको सिन्धुपाल्चोक जिल्ला अहिले सबैको नजरमा छ । खासै सरकारको नजरमा नपरेको सिन्धुपाल्चोकबासी अहिले त्रास र पिडामा डुबिरहेका छन । रोइ रहेका आँखा अनि थरथर कामी रहेका हातहरु जोड्न मुल्किल जस्तै देखि रहेका छन सिन्धुबासी । थुप्रै सामाजिक संघ संस्थाले दुखी रहेको घाउमा केही मलाम लगाउने कोसिस गरिरहेका छन । यसै सिलसिलामा राजधानीका एक सामाजिक क्लब राजधानी युथ क्लबले सिन्धुपाल्चोकको हेलम्बु गाउँ पालिकाको वडा न १ र २ का बाढी पहिरो पीडितलाई सोलार बत्ती लगाएत केही खाद्यान्न सहित ५० परिवारलाइ राहत बितरण गरेको छ ।

क्लबका संस्थापक अध्यक्ष आशिष खतिवडा सहित क्लबका संरक्षक रोम प्रधान , प्रकाश राई ,अम्बिर गुरुङ लगाएत राजधानी युथ क्लबका पदाधिकारी एवम स्वयंसेवकहरु हेलम्बुका क्युल पुगेर उक्त राहत सामाग्री वितरण गरेका हुन ।
क्लबका संस्थापक सचिव समीर लामाका अनुसार उक्त राहतले पीडितहको दु:खमा मल्हम लगाउने प्रयास भएको बताए । हेलम्बु गाउँपालिका वडा नं १ का वडा अध्यक्ष छिरिङ लामाको रोहबरमा राहत बितरण गरिएको लामाले जानकारी दिएका छन् ।
आगामी दिनहरुमा पनि यसरी नै दुख पिडामा परेका सम्पुर्ण नेपालीलाई सहयोग गर्ने क्लबका संरक्षक रोम प्रधानले जनाएका छन् ।