चेम्बर अफ कमर्स रोजगारदाता समितिको सहसभापति तथा सदस्यहरु मनोनयन
News Desk
Jun-25 , 2021 तारिख 06:23 बेलुका

 काठमाडौं-नेपाल चेम्बर अफ कमर्सले बिषयगत समिति अन्तर्गत रोजगारदाता समितिको सहसभापति तथा सदस्यहरु मनोनयन गरेको छ । यस समितिको सहसभापतिमा बिनायक शाह र मोहन कटुवाल तथा सदस्यहरुमा क्रमश: विरेन्द्र नाथ भट्टराई, सैवल घोष, नितिन जलान र रोजन कर्माचार्य नियुक्त भएका छन् ।त्यसैगरि समितिको सल्लाहकारमा रण बहादुर श्रेष्ठ चयन भएका छन् । उनीहरुलाई अध्यक्ष राजेन्द्र मल्लले मनोनयन गरेका हुन । चेम्बरका उपाध्यक्ष दिपक श्रेष्ठ रोजगार दाता समितिको सभापतिमा छन् ।

यसै माझ चेम्बर अध्यक्ष मल्लले समितिका सहसभापति तथा सदस्यहरुलाई आजै मनोनयन पत्र हस्तान्तरण गरेका छन् ।मनोनयन कार्यक्रममा बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल समेतको उपस्थिति रहेको थियो।