News Desk
काठमाडौँ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण: प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा रहेका इन्जिनियरहरु सिंहदरबार घेराउ गर्न हनुमानस्थान र माइतीघरबाट अगाडि सहरी विकास तथा भवन निर्माण विभाग अगाडिबाट पक्राउ परेका हुन् ।सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरुबाट पूर्ण वञ्चित गराइएको भन्दै इन्जिनियरहरु आन्दोलित हुँदै आएका छन् ।
२०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनले देश र देशवासी संकट परेको बेला सरकारको आह्वानमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत रही नेपालको पुनर्निर्माणलाई अगाडि बढाएको इन्जिनियरहरुको दाबी छ ।
देश र जनताका हितका लागि इन्जिनियरिङ जनशक्तिको सिप र दक्षता खेर जान नदिन र विदेसिन बाध्य नपार्न उचित व्यवस्थापन गर्न सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनु परेको बताएका छन् ।भूकम्प पछिको पुनर्निमाणको काम बाँकी रहेको बेला हटाएर बेरोजगार बनाउन खोजेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको इन्जिनियरहरुले बताएका छन् ।