News Desk
काठमाडौँ -पूर्वपरराष्ट्रमन्त्री तथा सत्तारुढ दल एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल ‘बीथ्रीडब्लू’ मा सहभागी हुनुपर्ने बताएका छन् । बीथ्रीडब्लू बिल्ड ब्याक बेटर वर्ल्ड प्रस्तावलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना बेलायतमा सम्पन्न भएको जी–७ मुलुकहरुको बैठकमा अघि सारेका थिए ।
सत्तारुढ दल एमालेका नेता प्रदीप ज्ञवालीले शुक्रबार प्रधानमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा यसबारे कुरा गरेका हुन् ।
जेठ २९ गते बेलायतमा सकिएको जी–७ को बैठकपछि जारी विज्ञप्तिमा अमेरिकी राष्ट्रपति बाइडेनले बीथ्रीडब्लू प्रस्तावलाई अघि सारेको उल्लेख छ ।
बीथ्रीडब्लू सन्तुलित, उच्चस्तरीय तथा पारदर्शी मोडल आएको ज्ञवालीले बताए । ‘खास गरेर उक्त प्रस्ताव कनेक्टिभिटी र पूर्वाधारमा विकासमा भनिएको छ । भोलि त्यो कार्यक्रम अगाडि आयो भने नेपालले के गर्छ रु मेरो मान्यता, हाम्रो त्यसमा सहभागिता हुनुपर्छ । हामीलाई कनेक्टिभिटी चाहिएको छ, पूर्वाधार चाहिएको छ,’ उनले भने, ‘हामी विश्वसँग जोडिन चाहन्छौं । हामी बीआरआईमा जोडिइसकेका छौं । हामीले त्यसबाट अधिकतम लाभ दिनुपर्छ ।’ उनले नेपाल सार्क र विमस्टेकसँगै अन्य क्षेत्रीय र उपक्षेत्रीय संगठनहरु बीबीआईएनमा पनि जोडिएको बताए । ‘उहाँहरु अन्य मुलुकको प्रतिस्पर्धा र सहकार्यहरु आफ्नो ठाउँमा होलान् । नेपालले आफ्नो हितमा जे ठिक हुन्छ, त्यसमा मिलेर अघि बढ्नुपर्छ,’ उनले भने ।
ज्ञवालीले नेपालको हित हुने विषयमा निर्णय गर्न डराउन नहुने बताए । उनले नेपालमा कतिपय साथीहरु बेल्ट एन्ड रोड इनिसियभिट ९बीआरआई० विरुद्ध मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मानेको बताए । अहिले बाइडेनले अघि सारेको बीथ्रीडब्लुलाई चीनले अघि ल्याएको बीआरआईविरुद्ध प्रयोग गर्नको लागि भन्ने चर्चा चलिरहेको छ ।