खोलाहरुमा बाढी आएपछि घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध 
News Desk
Jun-27 , 2021 तारिख 06:00 बिहान


दाङ- वर्षाले खोलाहरुमा बाढी आएपछि घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार दिउँसोदेखि अधिक पानी परेपछि खोलाहरुमा पानीको बहाव बढेको हो ।

सबै खोलाहरुमा बाढी आएपनि पुल नभएका कारण पत्रेखोला, हापुर खोला र सेवार खोलामा गाडीहरु वारपार गर्न सकेका छैनन् । शनिबार दिउँसोदेखि साना तथा ठूला कुनै पनि सवारी साधन आवतजावत गर्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन्।

घोराही–लमही सडकखण्डको सिस्ने खोलामा पनि बाढी आएपछि घुमाउरो सडक हुँदै यात्रा गर्नुपर्ने बाध्यता भएको छ । कतिपय सवारीसाधन र यात्रु सडकमै अलपत्र परेका छन् भने केहीले निकै घुमाउरा सडक प्रयोग गरी यात्रा गरिरहेका छन् ।

Related Post