नेपाल चेम्बर अफ कमर्सको उद्योग समितिमा सहसभापति र सदस्यहरु चयन
News Desk
Jun-27 , 2021 तारिख 03:15 बेलुका

काठमाडौं — असार १३, २०७८। 

नेपाल चेम्बर अफ कमर्सको बिषयगत समिति  अन्तर्गत उद्योग समितिमा सहसभापति तथा सदस्यहरु चयन गरिएको छ । समितिको सहसभापतिमा नवराज पोखरेल तथा कृष्ण कुमार फुयाल र सदस्यहरुमा  क्रमश:  अर्जुन भट्ट, राम प्रसाद खनाल, बलराम सुवेदी एवम्  पोम नारायण अधिकारीलाई चयन गरिएको छ ।  चेम्बर अफ कमर्सका कार्यकारीणी सदस्य भिमलाल पौड्याल उद्योग समितिको सभापति छन्  । 

समितिमा मनोनित सहसभापति एवम् सदस्यहरुलाई आईतबार  चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र हस्तान्तरण गरेका छन् ।  मनोनयन कार्यक्रममा चेम्बरका सदस्य  दिपक काजी तुलाधर समेतको उपस्थिति रहेको थियो।