नक्कली खाेपकाे बिगबिगीको हल्लाले चिन्तित तुल्याएको छ : अधिकारकर्मी महर्जन
News Desk
Jun-27 , 2021 तारिख 02:01 बेलुका

काठमाडौं- उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बजारमा नक्कली खाेपकाे बिगबिगीको हल्लाले आफुलाई चिन्तित तुल्याएको बताएका छन् । स्वास्थ्य संकट चुलिएका बेला बजारमा कोरोनाको खोप अवैध रुपमा बिक्री वितरण भएको भन्ने समाचारले आफुलाई गम्भिर र चिन्तित बनाएको अधिकारकर्मी महर्जनले बताए ।

राज्य दैनिकले पछिल्लो समय बजारमा नक्कली खाेपकाे बिगबिगी रहेको भन्ने हल्ला फैलिएको छ नि, यस बिषयमा राष्ट्रिय उपभोक्ता मंचको केन्द्र वा जिल्ला र यहाँसम्म केही सुचना आईरहेको छ छैन भनि राखेको जिज्ञासाको प्रतिउत्तर दिदै महर्जनले अपुस्ट सुचना प्राप्त भईरहेको र संचार क्षेत्रबाट पनि समाचार सम्प्रेषण भएकाले यस बिषय प्रति उपभोक्ता मंचले आफ्नो तर्फबाट थप बजार अनुसन्धान गर्ने उल्लेख गरे ।

साथै, उनले मंचले आम नागरिकलाई जागरुक बनाउन मंचले आजै प्रेस विज्ञप्ती जारी गरि नागरिकलाई सुसुचित गर्ने तथा सरकारको ध्यान आकर्सण गरिएको बताए । मंचले आज प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा काेविशिल्डकाे पहिलाे खाेप लगाउने जेष्ठ नागरिकहरू एकातिर दाेश्राे खाेप लाउन नपाएर चिन्तित रहेको जनाउदै सरकारी स्टाेरबाट नै खाेप हराएकाे र नेपालका पूर्वीनाका हुंदै भारतबाट नक्कली खाेपहरू भित्र्याइ प्रति डाेजकाे ३ देखि ५ हजारमा बजारमा बिक्रि भइ रहेकाे भन्ने बिषय प्रति मंचले गम्भिर चासो र चिन्ता व्यक्त गरेको छ ।