News Desk
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनको सुरुवाती सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो । १ सय ४६ सांसदका तर्फबाट रिट निवेदन परेकामा रिट निवेदकलाई १२ घण्टा समय दिईएको थियो ।
विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने समाचार छ ।
विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको स्रोत खुलेको छ ।त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिने र एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्ने बताईएको छ ।