News Desk
काठमाडौँ्आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)अन्तर्गतका प्राविधिकहरु काममा फर्किने भएका छन् ।भिन्न माग राख्दै आएका प्राविधिकहरु र प्राधिकरणबीच प्राविधिकहरुको माग पूरा गर्ने सम्बन्धमा ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै प्राविधिकहरु काममा फर्किने भएका हुन् । प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिबाट टुंग्याएर नियमित कामकाजमा फर्किने, प्राविधिकहरुले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरु उपलब्ध गराउने सहमति भएको छ ।
प्राविधिकहरुले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष ०७७र०७८ को साउन महिनाबाटै नियमानुसार उपलब्ध गराइने भएको छ । त्यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगाअन्तर्गत रही कार्यरत इन्जिनियर राजा साहको कामकै दौरान मृत्यु भएकोमा साहको परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन०ले पहल गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । प्राधिकरणअन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरु ९प्राविधिकहरु, सामाजिक परिचालकहरु, डकर्मीहरु समेत० को कार्य अनुभवसहितको विवरण रोस्टर तयार पारी अनलाइन पोर्टलमा राख्ने साथै त्यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने र प्राविधिकहरुलाई भावी दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने रिफ्रेसर तालिमको व्यवस्था प्राधिकरणले गर्ने सम्बन्धमा सहमति भएको हो ।
सहमति भएसँगै प्राविधिकहरु काममा परिचालित हुने र रोकिएको निजि आवासको सिफारिस गरेर तत्काल किस्ता पाउनेगरी काम गर्ने तथा आगामी कार्तिक मसान्तभित्र तेस्रो किस्ताको रकमको लागि निवेदन हाल्नसक्ने लक्ष्यको साथ काम गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।
आन्दोलनरत प्राविधिकहरुले आफ्नो माग पूरा भएको बताएका छन् । आन्दोलनरत केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० अन्तर्गतका प्राविधिकहरुको तर्फबाट अध्यक्ष अविनाश अमरले आफूहरुको माग पूरा भएको र आजैको मितिदेखि काममा खटिने बताए । पुनर्निर्माण प्राधिकरण अन्तर्गतका प्राविधिकहरु निकै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । प्राविधिकहरुको राजिनामा अस्वीकृत भएको छ भने काममा खटिने भएका छन् ।