खोप किन्ने प्रदेश सरकारको योजनालाई संघ सरकारले कार्यान्वयन गर्न दिएन सामाजिक विकास मन्त्री  खड्का
News Desk
Jun-28 , 2021 तारिख 12:19 बिहान

 

धनगढी- कोरोना विरुद्धको खोप किन्ने प्रदेश सरकारको योजनालाई संघ सरकारले कार्यान्वयन गर्न नदिएको   सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले बताएका छन् । आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले भने, ‘संघ सरकारका स्वास्थ्यमन्त्री र सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरुको जुम बैठकमा स्वास्थ्यमन्त्रीले संघ सरकार आफै खोप किन्ने प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।’
संघ सरकारबाहेक अन्य सरकारहस्ले प्रत्यक्ष खोप किन्न सक्ने प्रावधान रहेको पनि  उनले जनाए । 

संघ सरकारका मन्त्रीले असोजभित्र ४० प्रतिशत नागरिकलाई खोप उपलब्ध गराइसक्ने बताएको मन्त्री खड्काले प्रदेश सभामा जानकारी गराए । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीविरुद्धको खोप खरिदलगायतका कार्यका लागि ९० करोड विनियोजन गरेको बताए ।