नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९, निको हुनेको संख्या ५ लाख ८४ हजार ३३४ 
News Desk
Jun-28 , 2021 तारिख 06:16 बिहान


काठमाडौँ - नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ ।  हालसम्म कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ ।

यसैगरी, २४ घण्टामा देशभर १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ६ हजार पीसीआर परीक्षणमा १ हजार ३५३ जनामा कोरोना पुष्टि भएको हो।  ३ हजार ८३६ एन्टिजेन परीक्षणमा ५६७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३३ हजार ६७९ पुगेको छ ।
यस्तै, २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Related Post