भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानहरुबाट मात्रै कोभिड–१९ संक्रमितको निःशुल्क उपचार
News Desk
Jun-29 , 2021 तारिख 07:24 बिहान

काठमाडौं । भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानहरुबाट मात्रै कोभिड–१९ संक्रमितको निःशुल्क उपचार हुने भएको छ । सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लगि सम्झौता गरेका मेडिकल कलेजहरुलाई  कोभिड अस्पतालको सूचीबाट हटाएको छ ।

यसअघि, सम्झौता गरिएका मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाहरुको आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने र भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध नगराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।