पाकिस्तानद्वारा कोभिड-१९ रोकथाम गर्न ४ करोड ३० लाख रुपैयाँ सहयोग
News Desk
Jul-01 , 2021 तारिख 06:42 बिहान

काठमाडौं — असार १७, २०७८।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि पाकिस्तानले नेपाललाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत हैदर साहले उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव खगराज बराललाई हस्तान्तरण गरेका हुन् । नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार उक्त रकम नेपाल सरकारलाई कोरोनाविरुद्ध लड्नका लागि सहयोग गरेको हो ।