पहिरोले पृथ्वी राजमार्गको डुम्रे-दमौली सडकखण्ड अवरुद्ध
News Desk
Jul-01 , 2021 तारिख 07:11 बिहान

तनहुँ — असार १७, २०७८।
 
लगातारको वर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित डुम्रे–दमौली सडकखण्ड अवरुद्ध भएको छ । मंगलबार बिहान ३ बजे माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

राजमार्गको दमौली–डुम्रे सडकखण्डस्थित ४/५ ठाउँमा सानाठूला पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जोलिन्द्रबहादुर हमालले बताए । उनले भने, ‘ठूलो पानी परिरहेकाले पहिरो हटाउन मुस्किल भइरहेको छ । एक्स्काभेटर प्रयोग गरी एक घण्टामा एकतर्फी भए पनि राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।’

राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन र यात्रुहरू रोकिएका छन् ।
 

धेरै पढिएको