News Desk
काठमाडौ-नेपाल चेम्वर अफ कमर्सले नेपाल भारत वीच सम्पन्न हुन लागेको नयां संशोधन सहितको नेपाल भारत रेल्वे सर्भिस एग्रीमेण्टको स्वागत गरेको छ । नेपाल चेम्वर अफ कमर्सले प्रस्तावित प्रावधानहरु अनुसार नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरेको छ ।
नेपालको पारवहन लागतमा भएको अत्यधिक व्ययभारले नेपालको वैदेशिक व्यापार प्रभाबित हुने गरेकोमा नयाँ व्यवस्थाबाट सोमा उल्लेखनीय रुपमा कटौती हुन गइ नेपाली उत्पादनका मालवस्तुहरु प्रतिस्पर्धी हुने विश्वास राखेको छ ।
उक्त सम्झौता कार्यान्वयनमा आएपछि मालसामानको ढुवानी सहजता आउने भएकोले नेपालको व्यवासायीक लागत कमी हुन जाने समेत चेम्बरले बिश्वास लिएको छ । यसबाट नेपालको निकासी व्यापार वढने र आयातमा समेत सहजता आइ उपभोक्ताहरुलाइ समेत राहत हुने चेम्बरले जनाएको छ ।