नारायणगढ–मुग्लिन सडकखण्डमा दुई स्थानमा पहिरो
News Desk
Jul-02 , 2021 तारिख 05:57 बिहान

काठमाडौँ  — असार १८, २०७८। 

नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान साढे ५ बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ। पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ। बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

धेरै पढिएको