एसयूभी प्रोटोन एक्स सेभेन्टी सार्वजनिक
News Desk
Jul-02 , 2021 तारिख 11:52 बिहान

काठमाडौँ  — असार १८, २०७८। 

जगदम्बा मोटर्सले प्रोटोनको पहिलो एसयूभी प्रोटोन एक्स सेभेन्टी गाडी बिहीबार भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ । यो गाडीमा ढोका बन्द गर्न र खोल्न ‘इन्टेलिजेन्ट की’ को व्यवस्था छ ।

गाडीमा रहेको अत्याधुनिक भ्वाइस कमान्ड सिस्टमले गाडीभित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश कामलाई बोलीको भरमा गर्न सहयोग पुर्‍याउनेछ । भ्वाइस कमान्ड सिस्टममार्फत एयर कन्डिसनर कन्ट्रोल, समय, फोनकल, आफूले चाहेको संगीत सुन्न, गाडीका विभिन्न फिचर्सबारे सोधपुछदेखि पूरा सिस्टम कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ ।

गाडीमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टमअन्तर्गत रहेको थ्रीडी होलोग्राफिक डिटेक्सनमा २ सेन्सर, ५ क्यामेरा र ९ वटा राडर छन् ।